विदेश

काठमाडौं । मलेसियामा विश्वविद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोमबार बिहान कारसँग ठोक्किएर भएको दुर्घटनामा १३ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
ज्यान गुमाउने अधिकांश विश्वविद्यालयका विद्यार्थी हुन् । दुर्घटना थाइल्यान्डसँगको सीमानजिक मलेसियाको पूर्वपश्चिम राजमार्गमा भएको हो ।
यो धेरै वर्षपछिको ठूलो सडक दुर्घटना भएको मलेसियाको सिभिल डिफेन्स फोर्सले बताएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १४:०५
प्रतिक्रिया दिनुहोस्