site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नुवाकोटमा गाडीसहित अपहरण र बन्धक, दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नुवाकोटमा व्यक्तिको अपहरण गरी बन्धक बनाएको आरोपमा गएको मंगलबार प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ककनी गाउँपालिका–४ का ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का २४ वर्षीय चन्द्रबहादुर तामाङ छन् ।

ककनी गाउँपालिका–४ का ५६ वर्षीय सूर्यबहादुर तामाङलाई बन्धक बनाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार, यही माघ २२ गते राति बा६ज ७७७९ नम्बरको गाडीमा जाँदै गरेका सूर्यबहादुरको उनीहरूले अपहरण गरेका थिए । गाडीसहित अपहरण गरिएको थियो ।

उनीहरूले ककनी–४, काउलेदेखि ककनी जाने सडकबाट अपहरण गरेर पञ्चकन्या गाउँपालिकाको कबिलास जाने सडकको एकान्तमा लगेर गाडीभित्रै बन्धक बनाएका थिए । त्यसपछि ज्यान मार्ने धम्की दिई रकम मागेका प्रहरीले जनाएको छ ।

Global Ime bank

सो सूचनापछि प्रहरी टोली खटिएको थियो । रकम लिन आएको अवस्थामा दुवैजनालाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको हो । सूर्यबहादुरलाई सकुशल अपहरणमुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ परेकाविरुद्ध प्रहरीले जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन म्याद थप अनुमति लिएको छ । थप अनुसन्धान र घटनामा संलग्न अरू व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय