site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१४४ विदेशीसहित ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ, ८ हजार ३२० केजी गाँजा बरामद 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लागुऔषधको प्रयोग, कारोबार र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २०८० साउनदेखि पुस मसान्तसम्म उनीहरूलाई पक्राउ गरिएको हो ।
 
पक्राउ परेकामध्ये दुई हजार ९०२ जना नेपाली र १४४ विदेशी छन् । पक्राउ पर्ने नेपालीमा दुई हजार ७५८ पुरुष र १४४ महिला छन् । १३३ विदेशी पुरूष र दश महिला छन् । यीमध्ये एक हजार ९६० मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

“लागुऔषधको प्रकोपबाट धेरै युवा कुलतमा फसेर आफ्नो उर्जाशील व्यक्तित्व ह्रास भइरहेको अवस्थामा यसविरुद्ध सबै एकजुट हुन आवश्यक छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने, “यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जन र सबै क्षेत्रबाट पहल कदमी लिनुपर्ने देखिन्छ ।” 

Dabur Nepal
NIC Asia

पक्राउ परेकाहरू गाँजा, चरेश, हेरोइन, अफिम, कोकिन, पोल्यान्ड र अन्य नियन्त्रित औषधिजस्ता लागुऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न छन् । 

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेश ३०८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन तीन केजी र पोल्यान्ड ३२६ ग्राम बरामद गरिएको छ । 

डाइजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाइट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाइजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्राम समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  

मधेस प्रदेशबाट सबैभन्दा धेरै लागुऔषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेश बरामद भएको छ । कोसी प्रदेशबाट ५ केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट एक केजी कोकिन बरामद भएको छ ।
 
“लागुऔषध कारोबार अन्तर्राष्ट्रिय समस्या हो । गलत मनसायका व्यक्तिले अर्थोपार्जनको उद्देश्यले लागुऔषध ओसारपसार गरिरहेको देखिन्छ । आजकल नयाँ विधि र शैली अपनाई कारोबार हुने गरेको छ,” प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “सामाजिक समस्याको रूपमा रहेको लागुऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो संख्यामा अपराधी पक्राउ परेका हुन् ।”

विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढ्नाले सामाजिक, सांस्कृतिक, आर्थिकलगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro