site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री साउद बुधबार अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणका लागि बुधबार (आज)  त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । 

परराष्ट्र मन्त्रालये मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री साउदले अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्रका अनुसार सुरुमा उनी अष्ट्रेलिया जानेछन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा यही माघ २६ र २७ गते आयोजना गर्ने ‘सातौँ हिन्द महासागर सम्मेलन’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन् । सम्मेलन पर्थमा हुनेछ । 

परराष्ट्रमन्त्री साउदले माघ २७ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा परराष्ट्रमन्त्रीले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Global Ime bank

अष्ट्रेलियाबाट परराष्ट्रमन्त्री साउद न्युजिल्यान्ड जानेछन् । फागुन २ गते उनले न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी फागुन ३ गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय