site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशमा हालसम्म लोकतान्त्रिक अभ्यास छैन : प्रमुख सचेतक परियार
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले देशमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका हुन् । 

उनेल संसद्‌मा दलित समुदायका सांसदहरूको प्रतिनिधित्व भएपनि मन्त्रिपरिषद्मा एकजना पनि फुल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लंग पार्ने बताए । उनले अझैपनि महिला तथा दलितहरूको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको बताए । देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको टिप्पणी गरे । गणतन्त्रपनि राजतन्त्र भन्दा धेरै फरक नदेखिएको बताए ।

उनले भने, "हाम्रो अभ्यासमा संघीयता छैन । हाम्रो राजनीतिको अभ्यासमा संघीयता छैन । संविधानमा संघीय शासन प्रणालीको परिकल्पना गर्‍यौँ तर त्यो हाम्रो जीवनमा अवलम्वन गर्न सकेका छैनौँ । लोकतान्त्रिक अभ्यासको कुरा गर्ने हो भने आज सदनमा सबै राजनीतिक पार्टीबाट दलित समुदायको प्रतिनिधित्व छ । तर मन्त्रिपरिषद्मा एकजना दलित फुल मन्त्री हुँदैन । यो हुँदाखेरी हामी लोकतान्त्रिक छौँ भन्नु भनेको आफैँले आफैँलाई ढाँट्नु हुन्छ । त्यस अर्थ हामी लोकतान्त्रिक पनि छैनौँ ।" 

उनले राजनीतिक दलहरूका कारण संसद्को सार्वभौमिकता नरहेको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro