site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन् ।

कम्युनिस्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा दाङमा आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकले गर्ने भनेको आन्दोलन जनताका विरुद्ध हुने बताए ।

युवाले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ । “देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्,” उनले भने ।

दाङमा कम्युनिस्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उनले भने, “अभागी विद्यालयको प्रधानाध्यापकको जागिर छोडेर कम्युनिस्ट पार्टीको संगठन विस्तारमा लाग्नुभएको थियो । उहाँ कुशल शिक्षक र कुशल साहित्यकार हुनुहुन्थ्यो ।” 

लोभलालच नभएको इमानदार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उनले जोड दिए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २२:४७
प्रतिक्रिया दिनुहोस्