site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुख्यमन्त्री र पदाधिकारीको सुविधा थप्ने कोसी सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मुख्यमन्त्री र पदाधिकारीको सेवासुविधा थप्न कोसी सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय कपिलदेव ढकाल र राजेन्द्र दंगालले रिट दायर गरेका हुन् ।

रूपन्देहीका ढकाल र सिन्धुपाल्चोकका दंगालले दायर गरिएको रिटमा सेवासुविधान थप्ने कोसी सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ ।

उनीहरूले सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने गरी रिट दायर गरेका छन् । अधिवक्ताद्वयको रिटमा आगामी शुक्रबारको पेसी तोकिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

कोसी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले यही माघ ६ गते केही प्रदेश संशोधन ऐनसम्बन्धी अध्यादेश, २०८० स्वीकृत गरेका थिए । त्यसमा सरकारलाई समथर्न दिएको एमालेले नै विरोध जनाएका थियो । सत्ता गठबन्धनका दलहरू भने त्यसमा सहमत देखिएका छन् ।

अध्यादेशमा प्रदेश पदाधिकारीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को ‘पदाधिकारी’को परिभाषामा संशोधन गरी प्रदेशसभामा रहेका संसदीय दलका नेता र प्रदेशसभामा बहाल रहेका पूर्वमुख्यमन्त्री थप गरिएको छ ।  

यसअघि ‘पदाधिकारी’ भन्नाले सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्तारूढ दलको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक र प्रदेशसभाका समिति सभापतिसमेतलाई जनाउँछ भनेर परिभाषित गरिएको थियो । उक्त अध्यादेश संविधानको धारा २०२ (१) विपरीत रहेको उनीहरूको दाबी छ ।

संविधानको धारा २०२ (१) मा भनिएको छ, “प्रदेश सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने छ ।

रिटमा तत्काल आवश्यक परेमा प्रदेशसभा डाक्न सकिने भन्दै अध्यादेशको औचित्य नभएको दाबी गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro