site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभामा आजदेखि डिजिटल हाजिर

काठमाडौं । प्रतिनिधिसभामा डिजिटल हाजिर सुरु गरिँदै छ । आज बस्ने संसद् बैठकदेखि डिजिटल हाजिर गर्ने निर्णय गरिएको हो ।

डिजिटल हाजिरलाई अघि बढाउने निर्णय गरिएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ ।

यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ ।

“विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भयो,” सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने ।

कार्यतालिका लागु भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिताका निम्ति सहज हुने सभामुखको अपेक्षा छ । गएको एक वर्षमा एउटा मात्र विधेयक पारित गरिएको विषयमा प्रश्नहरू उठाइएको उनले उल्लेख गरे ।

आउँदो संसद् अधिवेशनलाई ती सबै प्रश्नको जवाफ दिने गरी परिणामुखी बनाउन उनले सांसदसित अपिल गरे । “हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ । माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो,” उनले भने ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पनि गृहकार्य गरेर सभामुख र संसद् सचिवालयले कार्यतालिका लागु गर्ने अवस्थामा आएको भन्दै बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro