site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आज पानी पर्छ ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना छ । विशेष गरी पश्चिम क्षेत्रमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा भने आज वर्षाको सम्भावना नरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । “काठमाडौंमा वर्षाको सम्भावना छैन,” उनले बाह्रखरीसित भने ।

महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ ।

“कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, वाग्मती र कोशी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ,” बुलेटिनमा उल्लेख छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।”

पश्चिमी वायुको प्रभावले आइतबार काठमाडौंसहित देशका धेरै स्थानमा वर्षा भएको थियो । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको थियो ।

आइतबार बिहान पौने ९ बजेदेखि सोमबार बिहान पौने ९ बजेसम्मको रेकर्डमा सबैभन्दा बढी वर्षा बाँकेको नेपालगन्जमा भएको अर्यालले बताए । यो अवधिमा नेपालगन्जमा ४.५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

यस्तै, दाङको घोराहीमा २.५, कैलालीको धनगढीमा २.१, डोटीको दिपायलमा १.९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज बिहान पौने ९ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस छ ।

wefg-1707106129.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro