देश
काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाउने आश्वासन दिएर ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–१ का ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय टोपबहादुर सेजुवाल रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले खड्गराज गिरीसहित दुईजनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाउने आश्वासन दिएका थिए ।
उनीहरूविरुद्ध ११ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० २२:२५
प्रतिक्रिया दिनुहोस्