site stats
बाह्रखरी :: Baahrakhari
खेल
सेनुको निर्णायक गोलमा भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । सेनु परियारको निर्णायक गोलप्रेरित नेपालले साफ यू–१९ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

आइतबार बंगलादेशको ढाकामा भएको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको हो । नेपाललाई जित दिलाउन ५४औँ मिनेटमा सेनुले निर्णायक गोल गरिन् ।

जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा घरेलु टिम बंगलादेशसँग ३–१ को हार बेहोरेको थियो ।

यता, लगातार दोस्रो हार बेहोरेको अंकविहीन भुटान भने तालिकाको पुछार छ । भुटान यसअघि पहिलो खेलमा भारतसँग १०–० ले पराजित भएको थियो ।

अब लिग चरणको अन्तिम खेलमा नेपालले भारतसँग र भुटानले बंगलादेशसँग खेल्नेछन् ।

प्रतियोगिताको यस संस्करणमा नेपालसहित भारत, भुटान र बंगलादेश गरी कुल चार टिमको सहभागिता छ । सिङ्गल राउन्ड रोबिन पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्