site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन वर्ष कैद र चार करोड जरिवाना फैसला भएकी मन्दिरा ९ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाकी फरार एक प्रतिवादीलाई झन्डै ९ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीया मन्दिरा केसी (कार्की) रहेकी छन् । उनलाई सीआईबीले शनिबार बनेपाबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।

सीआईबीका अनुसार मन्दिरा सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएर भक्तपुरस्थत साविको चाँगुनारायण गाविस वडा नम्बर ७ र ९ मा रहेका जग्गाहरू धितो राखेर ऋण निकालिएको थियो । तर, उनीविरुद्ध प्राप्त कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको बैंकिङ कसुरमा मुद्दा चलेको थियो ।

मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र चार करोड रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तर, उनी फरार थिइन् ।

उनलाई सीआईबीको टोलीले शनिबार काभ्रेपलान्चोकबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro