site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुम्लामा पुनः हिमपात
तस्बिर : दाने बोहरा/रासस ।

सिमकोट । हुम्लामा आज बिहानदेखि पुनः हिमपात भइरहेको छ । यो वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ ।

सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इन्च बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए ।

उनका अनुसार, लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनेको छ । चिसोका कारण घरबाहिर निस्कन र हिँड्डुल गर्न समस्या भएको उनले जानकारी दिए ।

humla-himpat2-1707028921.jpg
नाम्खा गाउँपालिकाका लिमी, हिल्सा, नारालेख, यांगारलगायत उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।

नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा हिमपात भइरहेको छ भने होचा स्थानमा पानी परिरहेको छ ।

हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय कमल भण्डारीले बताए ।

जिल्लाको एक मात्र अन्तरजिल्ला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । हिमपात हुँदा नेपालगन्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो । हुम्लाबाट नेपालगन्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् । रासस

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro