site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ निफको प्रमुख निर्णायक !

काठमाडौं । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रूपमा नेपाल आउने भएका छन् । दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने शिए नेपाल आउने बताइएको छ । 

महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकले बताए ।

बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका शिए फेइले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेका थिए । त्यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । 

बेइजिङ फिल्म एकेडेमीका पूर्वउपाध्यक्ष समेत रहेका शिए फेइ सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके शिए फेइ कै विद्यार्थी हुन् ।

८० वर्षको उमेर पार गरेका शिए फेइ अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रूपमा काम गर्छन् ।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ  ।  

महोत्सव आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro