site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थका सात सहसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयका सात सहसचिवको कार्यभार हेरफेर गरिएको छ । शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको कार्यभार हेरफेर गरेका हुन् ।

विभागका महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर मन्त्री महतले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख भूपाल बराललाई सो जिम्मेवारी दिएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, मैनालीलाई मन्त्री महतले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा नै फर्काइदिएका छन् । विभागको महानिर्देशक हुनुअघि मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए । उनलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

मन्त्री महतले सेवन्तक पोखरेललाई भन्सार विभागबाट विमानस्थल भन्सार कार्यालय, नारायण रिजाललाई बराल प्रमुख रहेको महाशाखाको जिम्मेवारी दिएका छन् ।

महेश आचार्यलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखाबाट अर्थकै आर्थिक नीति विश्लेषण महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका टोकराज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा र टंकप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागबाट भन्सार विभागमा लगिएको छ ।

मन्त्री महतले तीन उपसचिवको पनि सरुवा गरेका छन् । स्रोतका अनुसार, प्रमोदकुमार श्रीवास्तवलाई आन्तरिक राजस्व कार्यालय पोखराबाट बागलुङ, अर्थ मन्त्रालयका वासुदेव पौडेललाई आन्तरिक राजस्व कार्यालय डडेलधुरामा कामु कर अधिकृतमा पदस्थापन गरिएको छ । कृष्णप्रसाद मौनजालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पदस्थापन गरिएको छ ।

यस्तै शाखा अधिकृत बुद्धिप्रसाद आचार्यलाई अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व कार्यालय धरानको कामु कर अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro