site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६, कुम्लेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्लेमा बस्दै आएका २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका निम्ति शुक्लागण्डकी–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro