site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीसित छलफलपछि ओलीले भने– एमालेको अडान यथावत् छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा छलफल भएको बताए । विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल गरिएको उनले जानकारी दिए ।

“शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ, समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याऔँ भन्ने छलफल भएको हो,” उनले भने, “टीआरसीको बारेमा एमालेको अडान यथावत् छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।”

पीडितमैत्री विधेयक बनाउनुपर्ने अडान एमालेको यथावत् रहेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro