site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमारमा थप ६ महिना संकटकाल 

काठमाडौं । म्यानमार सरकारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एसियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो ।

कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा आपत्कालीन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरे । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।

बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवर्द्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल गरिएको बताइएको छ ।

म्यानमार सरकारले फेब्रुअरी २०२१ मा एक वर्षका निम्ति संकटकाल घोषणा गरेको थियो । त्यसपछि यसलाई यसै वर्ष जनवरी ३१ सम्म चारपटक गरेर बढाएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro