site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
टालटुले हैन, दिगो समाधान पहिल्याउन आवश्यक छ : गगन थापा
Sarbottam CementSarbottam Cement

महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या अब टालटुले ढंगले नभई दिगो समाधान पहिल्याउन आवश्यक भएको बताएका छन् । आज महोत्तरीमा ‘समुदायमा कांग्रेस’ र ‘हुलाकी राजमार्ग संवाद’ अभियानमा सरिक भएका नेता थापाले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि जनताले कांग्रेसप्रति आशा गरेका बताए ।

“म झापाबाट अभियानमा सरिक हुँदै महोत्तरी आइपुगेको छु, जनताका समस्या सुनेको छु, विद्यमान राजनीतिले समाधान नदिने जनताले बताएका छन्,” महामन्त्री थापाले भने, “संविधानभित्रका महिला, दलित र अन्य आरक्षण क्षेत्रको ‘समावेशी व्यवस्था’ राजनीतिक प्रतिनिधित्व नभई ठूलाबडा नेताका घरपरिवारको बन्दोबस्त मिलाउने ठाउँ बन्यो भन्ने असन्तोष छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले मधेसका जनता, पार्टीका नेता कार्यकर्तामा देखिएको असन्तोष चिर्दै अघि बढ्ने उनले दृढता जनाए ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका महामन्त्री थापाले मुलुकको बजेट अर्थमन्त्री र ठूलाबडा नेता, पूर्वप्रधानमन्त्रीको तजबिजमा बन्ने अवस्था अन्त्य गरी यसलाई संस्थागत र खास प्रक्रियाबाट अघि बढाउने प्रयत्न आफूबाट भइरहेको उल्लेख गरे ।

Global Ime bank

महामन्त्री थापाले आज महोत्तरीका भ्रमरपुरा (लोहारपट्टी नगरपालिका), कारिखमहाराजस्थान पडौल (बलवा नपा) र भोलही (मनराशिशवा नगरपालिका)मा पार्टीका अगुवा नेता र सर्वसाधारण जनतासँग दोहोरो संवाद गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement