site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बनेपामा बस दुर्घटना हुँदा पाँचजना सामान्य घाइते, चालक फरार
SkywellSkywell

काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा पाँचजना सामान्य घाइते भएका छन् । काभ्रेको बनेपा नगरपालिका–१४ स्थित भैँसेपाटीमा पनौतीबाट काठमाडौंतर्फ आइरहेको बा २ ख ६६६९ नम्बरको बस दुर्घटनामा परेको बनेपाका डीएसपी लालधोज सुवेदीले बाह्रखरीलाई जानकारी दिए ।

बसले विपरीत दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ नम्बरको मयुर यातायातको बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

KFC Island Ad
NIC Asia

दुर्घटनामा पाँचखाल नगरपालिका–६ की २४ वर्षीया नबिना दनुवार घाइते भएकी छन् । उनको बाँया हातमा सामान्य चोट लागेको थियो । यस्तै, नमोबुद्ध नगरपालिका–५ की २० वर्षीया करुणा भुजेलको खुट्टामा सामान्य चोट लागेको थियो । उनीहरू डिस्चार्ज भइसकेका छन् ।

सामान्य घाइते भएका नमोबुद्ध नगरपालिका–३ की ३६ वर्षीया वाङ्जु लामा, उनकी छोरी ११ वर्षीया फुर्सङ लामा, उनका छोरा ९ वर्षीय समर्पण लामा पनि उपचारपछि डिस्जार्ज भइसकेका छन् ।

Royal Enfield Island Ad

प्रहरीले एक बससहित चालकलाई नियन्त्रणमा लिएको छ । तर, मयुरका बस चालक भने फरार छन् । मयुरको बस सडकमै छ । भोलिमात्र निकाल्ने प्रहरीको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro