site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६ लाख स्मार्ट लाइसेन्स कार्ड प्रिन्टिङमा समस्या
फाइल तस्बिर ।

काठमाडौं । केही दिनअघि नेपाल भित्र्याइएको सवारीचालक अनुमतिपत्र कार्डमा प्रिन्ट गर्न समस्या देखिएको छ ।

यातायात व्यवस्था विभागले एक जर्मन कम्पनीलाई ठेक्का दिएको १२ लाखमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको थियो । उक्त कार्डमा प्रिन्ट गर्न खोज्दा मेसिनको सिस्टमअनुसार नमिलेका समस्या देखिएको हो ।

Dabur Nepal
NIC Asia

विभागसँग रहेको मेसिनले प्रिन्ट गर्नेभन्दा फरक सिस्टम चाहिने कार्ड आएपछि समस्या भएको विभागले जनाएको छ ।

अहिले कार्ड आपूर्तिकर्ता जर्मन कम्पनी म्युहलबाअर र मेसिन आपूर्ति गर्ने मद्रास सेक्युरिटी प्रिन्टर्ससँग समन्वय गरेर काम भइरहेको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले कार्ड प्रिन्ट गर्न मेसिनको सिस्टममा ‘पर्सनलाइज’ गर्नुपर्ने देखिएको बताए ।

“धेरै समस्या हैन । पुरानो कार्ड छाप्दाको सिस्टममा केही परिवर्तन गर्दा यो कार्ड प्रिन्ट हुन्छ । त्यसका लागि काम भइरहेको छ,” महानिर्देशक रिजालले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro