site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुपर सिक्सको पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने खेलका लागि भएको टस नेपालले जितेको थियो । टस जितेपछि नेपाली टिमका कप्तान देव खनालले ब्याटिङको निर्णय गर्दै बंगलादेशलाई फिल्डिङको निम्तो दिए ।

बंगलादेशविरुद्ध नेपाल आज सन् २०१६ को क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा छ ।

यसअघि नेपालले सन् २०१६ को संस्करणमा बंगलादेशसँग क्वार्टरफाइनलमा हार व्यहोरेको थियो । उक्त खेलमा नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य बंगलादेशले चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । 

यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro