site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्यालेस्टाइनलाई हराउँदै साविक विजेता कतार क्वार्टरफाइनलमा

काठमाडौं । अक्रम अफिफको निर्णायक गोलप्रेरित कतारले प्यालेस्टाइनलाई २–१ ले हराउँदै एएफसी एसियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

सोमबार राति कतारको अल बायत रंगशालामा कतारलाई जित दिलाउन हसन अल–हायदोस र अक्रम अफिफले गोल गरे । प्यालेस्टाइनका ओडे डाबाघले एक गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलमा प्यालेस्टाइनले सुरुआती अग्रता बनाएको थियो । ओडे डाबाघले ३७औँ मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा अल–हायदोसको गोलबाट कतार खेलमा फर्किएको थियो ।

४९औँ मिनेटमा अफिफले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेपछि कतारले २–१ को अग्रता बनायो । अफिफको यही गोल निर्णायक बन्दा साविक विजेता समेत रहेको कतारले प्रतियोगिताको अन्तिम–८ मा स्थान पक्का गर्‍यो ।

आइतबारै भएको अर्को खेलमा इराकलाई २–३ ले हराउँदै जोर्डनले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro