site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीमा १९९ केन्द्रीय सदस्य, १९ सदस्यीय पदाधिकारी रहने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी संख्या १९९ रहने भएको छ । केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्य १९९ बनाउने निर्णय गरेको हो । 

हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटी छ । विधान संशोधन गरी १७५ बनाइने प्रस्ताव पेस भए पनि परिषद्को बैठकले १९९ सदस्यीय बनाउने निर्णय गरेको हो । 

केन्द्रीय सदस्य सुदेश पराजुलीका अनुसार केन्द्रीय पदाधिकारीको संख्या १९ रहनेछ । ४० वर्ष मुनिको उमेर समुहलाई २० प्रतिशत प्रतिनिधित्व गराउने निर्णय पनि भएको छ । केन्द्रीय परिषद् बैठक प्रज्ञा भवनमा जारी छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro