site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देश केही नेताको ‘सिन्डिकेट’मा : गगन थापा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरूको बन्धकमा परेकाले संकटमा पर्दै गएको बताएका छन् ।

‘संवाद यात्रा’का क्रममा आइतबार विराटनगरको गुराँस पुस्तकालयमा आयोजित कार्यक्रममा उनले अहिलेको समस्या नै मुलुक सीमित मानिसको कब्जामा हुनु रहेको आरोप लगाए । उनले पार्टी निर्वाचन र सञ्चालन पद्धति नमिलेका कारण देश केही नेताहरूको ‘सिन्डिकेट’मा परेको जिकिर गरे ।

पालैपालो सत्ता सञ्चालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्या सिर्जना भएको उनको भनाइ छ ।

महामन्त्री थापाले मुलुकको अर्थतन्त्र सुधारका निम्ति कांग्रेसले चाँडै आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए ।

उनले मुलुकको समस्या समाधानको जिम्मा कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताए । अहिलेको यथास्थितिलाई जारी राख्न नहुनेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro