site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको विधान मस्यौदा : पदाधिकारी बन्न पार्टी स्कुल पढेकोे हुनुपर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को विधान संशोधनका निम्ति छलफल जारी छ । आइतबार सुरु केन्द्रीय परिषद्को बैठकमा विधानको मस्यौदामाथि १० समूहमा छलफल भइरहेको छ ।

प्रस्तावित विधानमा ‘पदाधिकारीको योग्यता’ शीर्षकमा सबै तहका पदाधिकारी एवं सदस्यले पार्टी स्कुलले सञ्चालन गरेको कक्षामा सामेल भई प्रशिक्षण लिएको हुनुपर्ने विषय थप गर्ने उल्लेख छ ।

यस्तै, विधानमा कम्युनिस्ट आचारण र नैकितकमा पाँच विषय थप गर्ने प्रस्ताव गरिएको छ । पार्टीका नेता–कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने त्यसमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हुनुपर्ने विषय थप गर्ने पनि प्रस्ताव गरिएको छ ।

“पार्टीका नेता तथा कार्यकताहरूमा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित भएर लाग्ने उच्च क्रान्तिकारी नैतिकता हुनुपर्दछ,” नैतिकता र आचारणमा थप गर्ने प्रस्तावित बुँदा नम्बर–३ मा भनिएको छ ।

कम्युनिस्टले अर्काको श्रमशोषण नगर्ने, श्रमप्रति सम्मानको दृष्टिकोण राख्ने, आफैँ पनि श्रम गर्ने, शुद्ध एवं पारदर्शी आर्थिक व्यवहार गर्ने र महिलाप्रति एकनिष्ठताका साथै समानताको व्यवहार गर्ने हुनुपर्ने भन्ने बुँदा थपिने उल्लेख छ ।

पार्टी कमिटीका आकार घटाइने समेत उल्लेख छ । हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई १७५ बनाइने प्रस्ताव छ । जसमा ११९ पूर्ण र वैकल्पिक १६ केन्द्रीय सदस्य रहनेछन् । कुल संख्याको एकतिहाइ महिला राख्ने प्रस्ताव छ ।

यसैगरी, ४५ सदस्यीय स्थायी र ११५ सदस्यीय पोलिटब्युरो कमिटी रहने व्यवस्थामा पनि परिवर्तन गरिने प्रस्ताव छ । जसमा पदाधिकारीसहित १९ सदस्यीय स्थायी र ५७ सदस्यीय पोलिट्ब्युरो रहने प्रस्ताव गरिएको छ ।

p1-1706443025.jpg
p2-1706443025.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro