site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

‘अध्यागमन कर्मचारीलाई बिचौलियाले बुझाउँछन्, दैनिक करोड रुपैयाँ...’ समाचारका शीर्षक बनिरहेका छन् । 

नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’ बनाउँदै ‘विदेश उडाउन’ सहयोग गरिरहेको आरोप–अभियोग लागिरहेकै थियो, अध्यागमन कर्मचारीलाई । अर्थात्, असुलीको धन्दाको फेहरिस्तमा ‘भिजिट भिसा काण्ड’ थपिँदै थियो । 

त्यहीबीचमा शुक्रबार २०८० माघ १२ मध्यान्ह १२ बजे अध्यागमन अधिकृत–प्रहरीबीच घम्साघम्सी भएको दृश्य सार्वजनिक भयो । अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको ‘हानाहान प्रकरण’ यतिखेर ‘गफ’, ‘टीकाटिप्पणी’ र ‘आरोप–प्रत्यारोप’को मसला बनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ड्यूटी पूरा गरी फर्किदै गरेका अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले खानतलासी गर्न खोज्दा अन्तर्राष्ट्रिय विमानस्थलमा अस्वाभाविक दृश्य मञ्चन हुन पुग्यो । 

अध्यागमनको जिकिरमा, आफ्ना अधिकृत मोक्तानमाथि प्रहरीबाट अश्लिल शब्द प्रयोग भएको र लछार–पछार गरी निर्घात कुटपिट भएको छ ।

Global Ime bank

यसलाई उच्च तहका कर्मचारीले ‘कर्मचारीको अपमान’ भनेका छन् । 

उता विमानस्थलमा खटिएका प्रहरी अधिकारीहरु चाहिँ ‘भिजिट भिसा’मा हुने गरेको कमाऊधन्दामा कडाइ गरेपछिको परिणति ठान्छन् । दुवैको तालुकवाला गृह मन्त्रालय हो र उसले घटना छानबिन गर्न समिति बनाइसकेको हुँदा तथ्य बाहिर ल्याउने नै छ ।

धेरैले यो घटनालाई ‘आकस्मिक’ ठानेका छन् । तर, वास्तविकता त्यस्तो होइन । त्रिभुवन विमानस्थल अधिकांश समय ‘टिम–च्यानल’ मिलाउने खेल थियो । 

कर्मचारी र प्रहरीबीच मिलेमतोकै कारण ‘तस्करी’, ‘भिजिट भिसा’ लगायत अनुचित कार्य चलिरह्यो । दुवैबीच मिलेमतो चलिरहँदा दुवैले कमाउँछन् अर्थात् असुल्छन् भन्ने आमटिप्पणी थियो । र, छ पनि ।

विमानस्थल वा भन्सारको हाकिम हुन उच्च अधिकारी तथा कर्मचारीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनुको मूलभूत कारण अनुचित तवरमै कमाउन खोज्नु हो । त्यहाँ पुगेका कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने हो भने यथार्थ खुल्छ नै ।

हो, कहिले काहीँ ‘सेटिङ’ भत्किन पुग्छ, पक्राउ र हानाहानका घटना देखापर्छन् । यसले ‘सेटिङ’ भत्किएमा गडबडी वा खराबी नियन्त्रण हुन्छ भन्ने देखाउँछ ।

अझ मंसिरयता अध्यागमन कर्मचारी र प्रहरी ‘शीतयुद्ध’मा रहेकै हुन् । जब प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले गएको मंसिर २६ गते अध्यागमन अधिकृत नरबीर खड्कालाई पक्राउ गरेपछि ‘भिजिट भिसा’मा हुने चलखेलको पोल खुल्यो ।

प्रहरीले खड्कासहित सात अध्यागमन कर्मचारी, ट्राभल, कन्सल्ट्यान्सी र म्यानपावरसँग सम्बन्धित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान ग¥यो । जुन अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुगेको छ, कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने निस्कर्षसहित ।

प्रहरीको फन्दामा पुगेका अध्यागमन कर्मचारीले त्यसरी संकलित रकम आफूहरुबीच बाँडचूँड गर्ने गरेको बयान दिएका छन् । त्यो घटनासँगै प्रहरीले अध्यागमन कर्मचारीलाई बढी शंका गर्दैथियो र अध्यागमन कर्मचारीहरु पनि बदलाकै भावनामा थिए । अर्थात्, अध्यागमन र सुरक्षा जाँचमा संलग्न नेपाल प्रहरी ‘शीतयुद्ध’मा थिए ।

केही समयअघि हङकङबाट आएको ‘ब्रेक शु’ मा लुकाएर ल्याइएको सुन पनि भन्सार चेकजाँचपछि प्रहरीको टोलीले समातेपछि कर्मचारी प्रहरीसँग सेटिङ भत्काइदिएको भन्दै आक्रोश बनेका थिए । 

यो घटनासँगै निजामती कर्मचारी–प्रहरी दुवैतिर आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको छ । दुवैले आफ्नो ‘प्रतिष्ठा’को सवाल बनाएका छन्, ‘आफ्ना’लाई जोगाउन । त्यतिमात्र होइन, कर्मचारीतन्त्रले ‘अपमान’को रुपमा लिएका छन् ।

पुलिस कामै हो, जाँच गर्नु । असल नियत हुँदो हो त त्यसरी जाँचबुझ गर्दा प्रहरीसँग भिड्नुको तूक देखिँदैन । प्रहरीलाई उसको ‘ड्यूटी’ पूरा गर्न दिनु अध्यागमन कर्मचारीको दायित्व हो, न कि जाँच गर्दैमा अभद्र व्यवहार प्रदर्शन गर्न उत्रनु । कुनै ‘अन्यथा’ या ‘अनुचित उद्देश्य’ थिएन भने जाँचबुझ गर्नेमाथि नै जाइ लाग्नुको कारण देखिँदैन । यत्ति हो, प्रहरीले पनि नियतबश कसैलाई दुःख दिनु हुँदैन ।

अन्तर्राष्ट्रिय विमानस्थल संवदेनशील ठाउँ हो । त्यस्तो ठाउँमा हानाहान हुँदा अन्तर्राष्ट्रिय तहमा मुलुकको छवि कस्तो जान्छ ? सरकारी सयन्त्रका कर्मचारीले बुझ्नुपर्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको बेथिति र अराजकता सुन्दा सुन्दा आजित हुने स्थिति निरन्तर छ । विमानस्थलबाट ‘हात्ती’ छिराइ दिन सक्छु भन्दै अन्तर्राष्ट्रियस्तरमै नेपालको बदनाम भएकै छ । सुन तस्करीका घटना नियमित छन्, उच्चपदस्थ कर्मचारी मात्र होइन कि लोडर र सहयोगीहरू समेत मुछिएकै छन् ।

अझ ३३ किलो सुन तस्करी प्रकरणमा दुईजनाको ज्यानै गएको हो । जुन सुन आजसम्म भेटिएको छैन ।

विमानस्थलभित्र हुर्किएको बेथिति र दण्डहिनताकै कारण ‘ड्यूटी फ्री सप’ समेत राख्न नसक्ने स्थिति मुलुकले देखेकै हो, भोगेकै हो । त्यहाँ खटिएका प्रहरी तथा कर्मचारीकै ‘सेटिङ’मा ‘ड्यूटी फ्री’का मदिरा गायब हुन थालेपछि बन्द गर्नुपर्ने परिस्थिति बन्यो । 

अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा ‘ड्यूटी फ्री सप’ समेत नहुँदा कसरी ‘अन्तर्राष्ट्रिय विमानस्थल’ हुन्छ ? विदेशका अनेक अन्तर्राष्ट्रिय विमानस्थल देखेका कर्मचारीले घोत्लिँदा हुन्छ ।

हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको पृष्ठभूमि ज्यादै फोहोरी छ । गृह मन्त्रालयले जुन समिति बनाएको छ, त्यसले एउटा घटना विशेष छानबिन प्रतिवेदन मात्र बुझाउने हो । 

तर अन्तर्राष्ट्रिय विमानस्थलमा जुन लाजमर्दाे दृश्य प्रदर्शन हुँदै आएका छन्, त्यसको न्युनीकरण गर्न दीर्घकालीन रणनीति कोर्नुपर्छ । त्यसो नगर्ने हो भने मुलुककै छवि अन्तर्राष्ट्रिय तहमै प्रभावित पारिरहन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !