site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाह्रखरीका प्रधानसम्पादक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार

विराटनगर । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान नोना कोइराला पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । आइतबार विराटनगरमा एक कार्यक्रमबीच नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानलाई पुरस्कृत गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानलाई पुरस्कार प्रदान गरे । प्रधान यसअघि कारोबार र नागरिक दैनिकमा प्रधानसम्पादक तथा काठमाडौं पोस्टमा सम्पादक थिए ।

प्रधानले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासन, न्युयोर्क विश्वविद्यालयबाट पत्रकारिता तथा त्रिभुवन विविश्वविद्यालयबाट अर्थशास्त्र सहित तीन विषयमा स्नातकोत्तर गरेका छन् । पुरस्कार पाउनकै निम्ति पत्रकारिता नगरिने उनले बताए । कामको कदरस्वरूप पुरस्कृत गरेकामा उनले धन्यवाद दिए ।

Dabur Nepal
NIC Asia

प्रधान ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । व्यावसायिक पत्रकारिताको विकास र लोकतन्त्रको उन्नयनमा गरेको योगदानको कदर गर्दै पुरस्कृत गरिएको नेता कोइरालाले बताए ।

कोइरालाले नोना कोइरालाको स्मरण गर्दै राजनीतिमा नैतिकता र संस्कार आवश्यक रहेको उल्लेख गरे । त्यो आफूले पारिवारिक विरासतका रूपमा प्राप्त गरेको उनले बताए ।

उनले भने, “प्रजातन्त्र भनेको चुनावमा जाने, सरकारमा जाने मात्र होइन । नेताहरूलाई मात्र प्रजातन्त्र आयो, अब जनतालाई आउनुपर्छ ।” कोइरालाले देश दण्डहीनताको अवस्थामा पुगेको पनि बताए ।

०६४ सालमा स्थापित प्रतिष्ठानले पत्रकारिता, स्वास्थ्य र सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आएको यसका पूर्वअध्यक्ष डा. नारायण कुमारले बताए । उनका अनुसार, प्रतिष्ठानले यसअघि पत्रकारिता कलेज समेत सञ्चालन गरेको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तहसम्म पुनः सञ्चालन गर्ने तयारी रहेको उनले कार्यक्रममा जानकारी गराए ।

सार्क ट्रेड युनियन फेडेरेसनका अध्यक्ष लक्ष्मण बस्नेतले नेत्री कोइरालाले राजनीतिक रूपमा परेको गाँठो फुकाउन सधैँ समन्वय गर्ने गरेको स्मरण गरे । उनले भने, “कांग्रेसमा त्यो समन्वय अझ धेरै आवश्यक छ ।”

उनले कांग्रेसमा ‘म हुँ लिफ्ट दिने’ भन्ने होडबाजी र व्यक्तिवाद हावी रहेको आरोप लगाए । “संस्थागत काम नहुन्जेल देश विकास हुन सक्तैन,” उनले भने ।

महिला नेत्री रुक्मिणी कोइरालाले स्व. नोना कोइरालाले राजनीतिक र सामाजिक क्षेत्रमा दिएको योगदानको चर्चा गरिन् । उनले भनिन्, “उहाँ (नोना कोइराला)ले कहिल्यै पद नलिई राजनीतिक र सामाजिक विकासमा योगदान दिनुभयो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro