site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दशजनालाई ‘प्रज्ञा पुरस्कार २०८१’ प्रदान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृतिलगायत विभिन्न विधामा योगदान पुर्‍याउने दशजना स्रष्टालाई पुरस्कृत गरेको छ ।
 
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृतहरूलाई पुरस्कार प्रदान गरे । कार्यक्रममा ‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मीलाई प्रदान गरियो । दिल साहनीलाई ‘प्रज्ञा सामाजिकशास्त्र पुरस्कार’, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य) प्रदान गरियो ।

कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’, गोपीरमण उपाध्यायलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, बलराम अधिकारीलाई ‘प्रज्ञा अनुवाद पुरस्कार’ र भारतका भविलाल लामिछानेलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ प्रदान गरिएको छ । 
 
पुरस्कारका साथ नगद राशि जनही एक लाख रूपैयाँ र ताम्रपत्र प्रदान गरियो ।
  
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्