site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्‍यो : दक्षिण कोरिया
फाइल तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement

सोल । उत्तर कोरियाले मुलुकको पूर्वी तटमा एउटा प्रमुख सैन्य शिपयार्डनजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले आइतबार जनाएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणको सिलसिला बढेको छ । यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको छ ।

प्रक्षेपणहरू गएको साता उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस–इन्धन मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापोनजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रहरूको संख्या, कति टाढा उडेका थिए र जमिन वा नौसैनिक सम्पत्तिबाट प्रक्षेपण गरिएको थियो वा थिएन भन्नेबारे दक्षिण कोरियाको सेनाले तत्काल विशिष्ट प्रक्षेपणको विवरण दिएको छैन ।

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना हतियारहरूको विकासमा तीव्रता दिइरहेको र उनले एसियाली सहयोगीसँग आणविक द्वन्द्वको उत्तेजक धम्कीहरू जारी गरिरहेकाले हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।

Global Ime bank

यसको जवाफमा अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यासको विस्तार गर्दै आएका छन् । यसलाई किमले आक्रमणको पूर्वाभ्यासका रूपमा चित्रण गरेका छन् । र, आणविक सक्षम अमेरिकी सम्पत्तिवरपर निर्मित प्रतिरोध रणनीतिलाई तीव्रता दिइरहेका छन् ।

उत्तर कोरियाको क्रुज क्षेप्यास्त्रहरू मुलुकको ब्यालेस्टिक क्षेप्यास्त्रहरूको विशाल लाइनअपको पूरक हो । जसमा अमेरिकी मुख्य भूमिसम्म पुग्नका निम्ति डिजाइन गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि समावेश छन् ।

विशेषज्ञले यी हतियारले दक्षिण कोरिया र जापानका निम्ति गम्भीर खतरा उत्पन्न गर्न सक्ने बताएका छन् । तिनीहरूलाई साना हवाईजहाजजस्तै उड्ने गरी डिजाइन गरिएको छ । र, राडारहरूले पत्ता लगाउन कठिन हुन सक्ने परिदृश्यमा तिनीहरू उड्छन् ।

उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्रहरू कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ । उत्तर कोरियाले आफ्ना हतियार आणविक सक्षम र तिनीहरूको दायरा दुई हजार किलोमिटरसम्म रहेको दाबी गरेको छ । दुई हजार किलोमिटरको दूरी भनेको जापानमा अमेरिकी सैन्य अड्डासम्मको हो । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय