site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट ३० लाख रुपैयाँसहित ‘हुन्डी कारोबारी’ पक्राउ

काठमाडौं । हुन्डी कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१०, अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र धरान उपमहानगरपालिका–१९ घर भइ हाल काठमाडौं बस्ने ३० वर्षीय विश्वास राई छन् । 

काठमाडौं महानगरपालिका–१०, अनामनगरस्थित प्रसाईंको घरमा अवैधरूपमा हुन्डी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनविपरीत हुन्डी कारोबार गरेको उनीहरूमाथि आरोप छ । 

राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैह्रकानुनी तवरबाट हुन्डी कारोबार गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट ३० लाख १८ हजार रुपैयाँसहित दुई थान ल्यापटप, पाँच थान मोबाइल बरामद गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro