site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फेरि कुटिए डाक्टर
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । आयुर्वेद चिकित्सक डा. चन्द्रवली शाहमाथि कुटपिट भएकाे छ । बिहीबार साँझ आयुर हेल्थकेयर सातदोबाटाेमा कार्यरत डा. शाहलाई पाँच जनाको अज्ञात समूहले क्लिनिकभित्रै प्रवेश गरेर कुटपिट गरेको हो ।

घटनापछि सख्त घाइते भएका उनकाे बी एन्ड बी अस्पतालमा उपचार भइरहेकाे नेपाल आयुर्वेद चिकित्सक संघले जनाएको छ ।

Dabur Nepal
NIC Asia

संघको सदस्यसमेत रहेका शाहमाथि आक्रमण गर्ने समूहलाई स्वस्थ्यकर्मी तथा स्वास्थ संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न संघले माग गरेकाे छ ।

ऐनअनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई छ महिनादेखि दुई वर्षसम्म कैद र ५० हजारदेखि एकलाख रुपैयाँसम्म जरिवानाकाे व्यवस्था छ ।

विभिन्न बहानमा यसअघि पटकपटक चिकित्सकमाथि हातपात हुँदै आएको छ ।

Ayurved-1706194511.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro