site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित पूर्वपश्चिम राजमार्गमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाइकल सोमबार साँझ अनियन्त्रित भई पल्टिएको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बर्दगोरीया गाउँपालिका–५ बस्ने २१ वर्षीय कालु विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप विकको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्