site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भगवान श्रीरामको जन्मभूमि अयोध्यामा राम मन्दिरको निर्माण र २२ जनवरी २०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रतामा रामको बाल अवस्थाको भव्य मूर्तिमा ‘प्राण–प्रतिष्ठा’ सम्पन्न भएको छ । 

भगवान श्रीरामको जन्मभूमिमा निर्मित मन्दिरका विषयमा भारतका विपक्षी दलहरूले धेरै सवाल उठाएका छन् । यता नेपालमा भने मुख्यतः धर्म र राजनीतिको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने छलफल अहिलेकोे प्रमुख विषय हुनसक्छ । 

भारतमा मुगलहरूको प्रवेशपछि पन्ध्रौं शताब्दीमा बाबरले अयोध्यामा बाबरी मस्जिद बनाए । सनातनी हिन्दूहरूले उक्त मस्जिद रामको जन्मभूमिमा बनाएको भनी ५०० वर्ष अघिदेखि एकोहोरो संघर्ष गर्दै आएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९९२ डिसेम्बरमा हिन्दूवादी कार्यकर्ताहरूले बाबरी मस्जिद सम्पूर्ण रुपमा भत्काए, जसले निम्त्याएको धार्मिक दङ्गामा भारतमा त्यसबेला करिब दुई हजार व्यक्तिले ज्यान गुमाए ।

भारतको सर्वोच्च अदालतले सन् २०१९ मा अयोध्यामा बाबरी मस्जिद भएको स्थान हिन्दू धर्मावलम्बीहरूको अधिकार लाग्ने भनी निर्णय दिएसँगै मन्दिरको निर्माण कार्य प्रारम्भ हुँदै अहिलेको अवस्थामा आइपुगेको हो ।

Global Ime bank

धर्म र राजनीति कुनै पनि समाजलाई डोर्‍याउने प्रमुख वैचारिक आधार हुन् । संसारमा धर्म र राजनीति एक आपसमा जेलिँदै आएका छन् । तथापि, प्राचीनकालदेखि नै धर्म र राजनीतिको द्वन्द्व निरन्तर चल्दै आएको देखिन्छ ।

ईस्वी पूर्व आठौंदेखि पाँचौं शताब्दीबाट सभ्यताको सुरुवात भएको र त्यहीबेलादेखि इजिप्ट र मेसोपोटामियामा धर्मले शासन गरेको देखिन्छ । तर ईस्वीको पाँचौ शताब्दीदेखि ग्रीसमा धर्म निरपेक्षता र व्यक्तिगत स्वतन्त्रताका विचार सुरु भए । 

मध्य युगमा चर्च र पोपको राजनीतिमा ठूलो प्रभाव बढेर गयो । सोह्रौं शताब्दीमा प्रोटेस्टेन्टहरूको उदयपछि युरोपको राजनीतिमा ठूलो उतार चढाव आयो । सत्रौं र अठारौं शताब्दीमा देखिएको विवेकशिलता, व्यक्तिगत स्वतन्त्रता, धर्म निरपेक्षताले चर्चलाई राजनीति र शासनबाट विस्तारै टाढा पुर्‍यायो ।

प्रसिद्ध विचारक जोन लकले धार्मिक सहिष्णुता र व्यक्तिगत स्वतन्त्रताका कुरालाई अघि बढाए । उन्नाइसौं र बिसौं शताब्दीमा धर्म र राजनीति अलग हुने क्रम बढेर गयो । तर, एक्काइसौं शताब्दीमा आइपुग्दा पनि धर्म र राजनीतिको द्वन्द्व सकियो भन्न सकिएको छैन, यो संघर्ष नयाँ नयाँ रुपमा अगाडि आइ नै रहेको छ । 

भारतमा भारतीय जनता पार्टी सरकारमा पुग्नु पनि धर्मको राजनीतिमा बढ्दो प्रभावका कारणले हो । नरेन्द्र मोदीको सरकारले विगत आठ वर्षमा भारतलाई आर्थिक रुपले निकै सम्मृद्ध बनाएको र देशको विकासमा ‘कोसे ढुंगा’ थपेको कुरामा दुईमत छैन । तथापि भारत एक धर्म निरपेक्ष राष्ट्र हो र अझै पनि केही इश्लाम मुलुक र केही क्रिश्चियन मुलुकमा जस्तो त्यहाँ शासनको आधार धार्मिक कानुन भएको छैन ।

नेपालको सम्बन्धमा भन्नुपर्दा अहिलेसम्म यहाँ सबै धर्म र सम्प्रदायमा सहिष्णुता छ । यहाँका अत्यन्त धार्मिक समुदाय पनि संविधान र कानुनी शासनमा विश्वास गर्छन् । केही व्यक्तिले संसारमा धेरै देश धर्म सापेक्ष छन्, त्यसैले राज्यको धर्म हुनुपर्छ भन्ने तर्क गर्दैछन्, जुन सही होइन । यस्ता कुराले द्वन्द्व निम्त्याउँछ ।

नेपालमा केही समूह धर्म र राजनीतिको द्वन्द्व निम्त्याएर शासनमा पुग्ने बाटो बनाउन खोज्दैछन् । त्यस्ता समूहलाई सफल हुन नदिन हिन्दू धर्मावलम्बीहरू नै बढी सचेत र सजग हुनुपर्छ । 

सबैको धर्म र आस्थालाई सम्मान गर्दै संवैधानिक पद्धतिमा देशलाई अघि बढाउनुपर्छ । हाम्रो देशमा अहिले देखिएको नातावाद, कृपावाद, भ्रष्टाचारवाद, पार्टीवाद सबैको समस्याको हल हालकै संविधान र यही व्यवस्थाबाट पहिल्याउन सकिन्छ । तर, धर्ममा राजनीति र धर्मको शासनले लोकतन्त्र, विधिको शासन, जनताको मूलभूत अधिकारको प्रत्याभूति गर्दैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement