site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सक्कली डाक्टरको एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच्थे भट्टचार्य, प्रतिबिरामी ७५० रुपैयाँसम्म लिन्थे

काठमाडौं । नक्कली कागजातका आधारमा बिरामी जाँच गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सम्बुद्ध भट्टचार्यले अर्कै व्यक्तिको नेपाल मेडिकल काउन्सिल (एनएमसी)मा दर्ता भएको नम्बर प्रयोग गर्ने गरेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर उपमहानगरपालिका–२ का ४० वर्षीय भट्टचार्यलाई महाराजगंजस्थित बाँसबारीबाट पक्राउ गरेको हो । प्रहरीले भट्टचार्यलाई सोमबार सार्वजनिक गरेको छ । 

लामो सयमदेखि फरार रहेका भट्टचार्यलाई आइतबार साँझ पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीको अनुसन्धानका क्रममा भट्टचार्यले काउन्सिलमा एलिना श्रेष्ठको नाममा दर्ता रहेको एनएमसी ९६७० नम्बर प्रयोग गरेको पाइएको छ । 

Nakkali-doc-1705916001.jpg
 

भट्टचार्यले चीनबाट एमबीबीएस गरेको र त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा समेत काम गर्ने गरेको बताउँदै आएका थिए ।

प्रहरीले शिक्षण अस्पताल महाराजगंजमा ९७६० नम्बर दर्ता रहेको कार्ड समेत फेला पारेको छ । उक्त कार्ड समेत नक्कली रहेको खुलेको छ । त्योबाहेक प्रहरीले उनको साथबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नक्कली लेटर प्याड, नक्कली स्ट्याम्पहरू बरामद गरेको छ । 

प्रहरीले उनको शैक्षिक प्रमाणपत्रको बारेमा समेत अुसन्धान जारी राखेको छ ।  उनले चीनबाट एमबीबीएस अध्ययन गरेको बताए पनि प्रहरीले त्यसबारे समेत अनुसन्धान थालेको छ ।

क्लिनिकमा गर्थे बिरामीको जाँच
प्रहरी अनुसन्धानका क्रममा भट्टचार्यले नक्सालस्थित वी केयर पोलिक्लिनिक र बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिकमा बिरामी जाँच गर्ने गरेको खुलेको हो ।

प्रहरीका अनुसार, नौ महिनादेखि उनी वी केयरमा काम गर्थे । त्यहाँ उनले ६३० बिरामीको जाँच गरेको खुलेको छ । प्रतिबिरामी जाँच गरेबापत उनले वी केयरमा ७५० रुपैयाँ शुल्क लिने गरेका थिए ।

त्यस्तै, धौलागिरि क्लिनिकमा ३० जना बिरामी जाँच गरेको खुलेको हो । त्यहाँ प्रतिबिरामी जाँच गरेबापत ५०० रुपैयाँ लिने गरेका थिए ।

Nakkali-1705916002.jpg
 

दुवै क्लिनिकमा उनी इन्डोक्राइनोलजी विशेषज्ञको रूपमा बिरामी जाँच गर्ने गरेको खुलेको छ ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  नक्कली कागजातका आधारमा बिरामी जाँच गर्ने डाक्टरमाथि अपरेसन नै चलाएको थियो ।

प्रहरीले भट्टचार्यमाथि कीर्ते र मानव स्वास्थ्यविरुद्धको दुई कसुरमा अनुसन्धान गर्ने एसपी रेग्मीले बताए । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro