site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा ५० किलो गाँजासहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा करिब ५० किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । थाहा नगरपालिका–८, दामगाडेबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने धुलोसहित पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ घर भई मकवानपुरको थाहा नगरपालिका–९, नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र थाहा नगरपालिका–३, दमकी घर भई सोही नगरपालिका–६, बज्रबाराही बस्ने ३२ वर्षीय रणबहादुर थिङ छन् । 

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा दुई वटा बोरामा राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro