site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंक–वित्तीय संस्थाको वित्तीय विवरणको असर : नेप्से घट्यो

काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आइतबार प्रकाशन गरिएको छ । उक्त विवरणसँगै यस दिन सेयर बजार २५.६३ अंकले घटेको छ ।

वाणिज्य बैंकहरूले गत वर्षको पुस मसान्तसम्मको जति नाफा अहिले आर्जन गरेका छैनन् । त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको छ । वाणिज्य बैंक समूहको परिसूचक २.४२ प्रतिशतले घटेको छ । विकास बैंकको २.६१ र फाइनान्स कम्पनीको परिसूचक २.५५ प्रतिशतले घटेको छ ।

वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा अहिले १० प्रतिशतले घटेको छ । बैंकहरूको नाफा घटेपछि लगानीकर्ता हतोत्साहित देखिएका छन् ।

आइतबार समग्र बजार भने १.१८ प्रतिशतले घटेर २१३०.१८ विन्दुमा बन्द भएको छ । सात अर्ब ६७ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

६४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आखुखोला जलविद्युत् कम्पनी, समाज लघुवित्त, हिमालयन लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र ‘अन्य’ समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro