site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ’
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति वाग्मती प्रदेशबाट उमेदवारी दिएका गठबन्धनका उमेदवार र मतदाताबीच शनिबार भएको अन्तरक्रियामा उनले  निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे ।

KFC Island Ad
NIC Asia

उपमहासचिव पुनले भने, “संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो । विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प छैन ।”

वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले नभई मुलुकको आवश्यकतानुसार बनेको उनको भनाइ थियो ।

पुनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र संघीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सातवटै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको उनले बताए । ठूलो जनसंख्या भएको मधेस र वाग्मती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर आठजनाको प्रतिनिधित्व हुने भन्दै उनले त्यसले प्रदेशको स्वार्थको प्रतिनिधित्व गर्ने उल्लेख गरे ।

राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ ११ हुँदै छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro