site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’

न्युयोर्क । १०० दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई ‘आमा’को मृत्यु हुने गरेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ ।

लैंगिक समानता र महिला सशक्तिकरणका निम्ति काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनको प्रतिवेदनमा गाजामा युद्ध सुरु भएदेखि १०० दिनसम्मको महिलाको औसत मृत्युदरलाई मूल्यांकन गरी उक्त तथ्य सार्वजनिक गरिएको हो ।

गाजा संकटले महिला तथा बालबालिकाको जीवनस्तरमा विनाशकारी असर गरिरहेको ‘गाजा युद्धको लैंगिक प्रभाव’ नामक प्रतिवेदनमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टाइनी मारिएका छन् । गाजामा मृत्यु भएका मध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ । तथ्यांकानुसार, महिला मृत्युमध्ये संकट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघण्टा दुई आमाको मृत्यु हुने गरेको छ ।

गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा त्यहाँको कुल जनसंख्याको ८५ प्रतिशत मानिस विस्थापित भएको विश्वास गरिन्छ । त्यसमध्ये यूएन वुमनले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ । गाजाको सम्पूर्ण जनसंख्यामध्ये लगभग २२ लाख व्यक्ति संकटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ ।

द्वन्द्वमा कम्तीमा तीन हजार महिला विधवा वा घरपरिवारविहीन भएका यूएन वुमनको अनुमान छ । कम्तीमा १० हजार बालबालिकाले आफ्ना पिता गुमाएका हुन सक्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रमकी कार्यकारी निर्देशक सिमा बाहुसले भनिन्, “विगत १५ वर्षमा प्यालेस्टाइनी राष्ट्रिय प्राधिकरण क्षेत्रमा मारिएका सबै नागरिकमध्ये दुईतिहाइ पुरुष रहेका छन् । यसैगरी, १४ प्रतिशतभन्दा कम महिला तथा बालिकाहरू रहेका छन् । तर, पछिल्लो १०० दिनमा मृत्यु हुनेमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । प्यालेस्टाइनी जनतालाई परेको आघातले हामी सबैलाई आउँदो पुस्तासम्म सताउनेछ ।” रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro