site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गौशाला २६ को तस्बिर 'सार्वजनिक गर्ने' युवालाई सात दिन थुनामा राखिने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवालाई कम्तीमा सात दिन थुनामा राखिने भएको छ ।

सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा संखुवासभाका ३२ वर्षीय केशरमान राई पक्राउ परेका छन् ।

उनीमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्युरोले अदालतबाट सात दिनको अनुमति पाएको छ । आज जिल्ला अदालत काठमाडौंले ब्युरोले राईलाई थुनामा राख्न सात दिनको अनुमति दिएको हो ।

ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्बिर सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक आघात पुर्‍याएकाले कानुनी कारबाही गर्न माग गर्दै पीडित युवतीले ब्युरोमा निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro