site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नसर्ने रोगको बोझ बढ्दो, मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था चिन्ताजनक 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालमा नसर्ने रोगको बोझ बर्सेनि बढ्दै गएको अध्ययनले देखाएको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा डा. रोशन पोख्रेलले मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै गएको तथ्यांक प्रस्तुत गरे । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडीएचएस)ले सन् १९९७ देखि २०१७ सम्म आइपुग्दा नसर्ने रोगको बोझ २० प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको देखाएको थियो । सन् २०२३ सम्म आइपुग्दा मुटुसम्बन्धी रोग, मधुमेह क्यान्सर र मिर्गौला रोगका कारण यो दर उच्च भएको स्वास्थ्य सचिव डा. पोख्रेल बताउँछन् । 

एनडीएचएस २०१९ अनुसार वार्षिक ७१ प्रतिशत नेपालीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्टेप सर्भे २०१९ को रिपोर्टअनुसार नेपालमा नसर्ने रोगको ३० प्रतिशत हिस्सा मुटुसम्बन्धी रोगले ओगटेको छ, जसमा सबैभन्दा धेरै उच्च रक्तचाप छ । रिपोर्टअनुसार २९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या देखिएको छ । 

उच्च रक्तचाप देखिएकामध्ये ९०.५ प्रतिशतले उपचार नगरेको पाइएको छ । यो तथ्यांक चुनौतीपूर्ण भएको डा. पोख्रेल बताउँछन् । 

Global Ime bank

त्यस्तै, नसर्ने रोगमध्ये चार प्रतिशत जनसंख्याको मृत्युको कारण मधुमेह देखिएको छ । यो दर सन् २०३० सम्म ३० प्रतिशत पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । 

त्यस्तै, सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपना, मद्यपान, वायु प्रदूषण जस्ता कारण पनि नसर्ने रोगका प्रमुख कारक बनिरहेको मन्त्रालयको तथ्यांक छ । हाल नेपालको जनसंख्यामध्ये २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको र यो श्वासप्रश्वासजन्य तथा क्यान्सरको प्रमुख कारण बनेको मन्त्रालयको तथ्यांक छ । 

९६ प्रतिशत नेपालीले भने पर्याप्त मात्रामा सागसब्जी र फलफूल नखाने गरेको पाइएको छ । ५३.६ प्रतिशतले सिफारिसअनुसार व्यायाम गर्दैनन् भने २४.३ प्रतिशत जनसंख्यामा तौल बढी रहेको छ । 

२०.८ प्रतिशतले मद्यपान गर्नु पनि नसर्ने रोगको अर्को मुख्य कारण भएको मन्त्रालयको तथ्यांक छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय