site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड अर्जेन्टिनाका कप्तान लियोनल मेसीले जितेका छन् । सोमबार लन्डनमा आयोजित अवार्ड समारोहमा मेसीले म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्ड र पेरिस सेन्ट जर्मन (पीएसजी)का काइलियन एमबाप्पेलाई पछि पार्दै ‘द बेस्ट’ जितेका हुन् ।

म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन वर्षको उत्कृष्ट गोलकिपर चुनिएका छन् । उनले रियाल मड्रिडका थिबाउट कोर्टुवा र अल हिलालका यासिन बोनोउलाई पछि पारे ।

Dabur Nepal
NIC Asia

पुरुष वर्ष प्रशिक्षक सिटीकै पेप ग्वार्डिओला चुनिएका छन् । ब्राजिलले ‘फेयर प्ले’ अवार्ड जितेको छ ।

महिलातर्फ स्पेनकी आइताना बोनमती वर्ष खेलाडी घोषित भइन् । गत वर्ष स्पेनले फिफा महिला विश्वकपको उपाधि र बार्सिलोनाले महिला च्याम्पियन्स लिगसँगै ला लिगा जित्दा उनी टिमकी महत्त्वपूर्ण सदस्य थिइन् ।

महिला वर्ष प्रशिक्षकको अवार्ड इंग्ल्यान्डकी सरिना वेग्मनले जितिन् । उनी चौथोपटक फिफाको वर्ष प्रशिक्षक चुनिएकी हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro