site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले माग्यो पार्टीबाट मन्त्री बनेकाको प्रगति विवरण 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्रीहरूको प्रगति विवरण माग गरेको छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकबाट तुरुन्तै सो विवरण बुझाउन निर्देशन दिइएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“हाम्रो पार्टीको तर्फबाट सरकारमा जानुभएका मन्त्रीहरूले आजसम्म सरकारमा के कस्ता काम गर्नुभएको छ, के कस्तो प्रगति भएको छ, त्यसको विवरणसहित तुरुन्तै बुझाउन पार्टीले निर्देशन दिएको छ,” उनले भने ।

एकीकृत समाजवादीका तर्फबाट केन्द्रीय सरकारमा उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।

यस्तै, यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारलाई जिताउन पहल गर्न नेता–कार्यकर्तालाई पुनः निर्देशन दिने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्