site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तारूढ दलले परिवर्तनमाथि प्रहार गरे : रवि लामिछाने
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका छन् ।

शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले चुनावमा पराजित भएकालाई चोरबाटोबाट राष्ट्रियसभामा ल्याउन ठूला भनिएका दलहरूले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका हुन् ।

शासनसत्तालाई आफ्नो मुठीमा राखेर गठबन्धन दलहरूले राष्ट्रपतिबाट चयन हुने राष्ट्रियसभा सदस्यमा पनि चुनाव हारेकालाई नै पठाउन खोजेको उनले बताए ।

सभापति लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारूढ दलले नै गरेको आरोप लगाए । उनले भ्रष्टाचारका ठूला–ठूला फाइल खोलिए पनि आफ्ना मान्छेलाई जोगाउन फाइल नै बन्द गरिएको जिकिर गरे ।

राजनीतिलाई सही ठाउँमा ल्याउन योग्य, इमानदार युवालाई स्थान दिनुपर्ने उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro