site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रागिरिमा गाडी पल्टँदा चारजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, पानीघाटनजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा काठमाडौंको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौंकै लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार, भ्यानमा ६ जना सवार थिए । चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुई घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ ।

दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टि तिवारी घाइते छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro