site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा कारको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब साढे ८ बजे भरतपुर महानगरपालिका–७ स्थित क्यान्सर अस्पतालको १ नम्बर गेटनजिक सो दुर्घटना भएको हो ।

टाइगरचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको बा.प्र.०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बीएबी २८७५ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–६, रामराज्यपुरका ३४ वर्षीय कुलप्रसाद सापकोटा घाइते भएका थिए । उपचारका निम्ति उनलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा बिहीबारै बेलुका पौने ९ बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

ती दुवै सवारीसाधन र कारका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ४९ वर्षीय मेघराज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro