site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विश्व समुदायमा देशको प्रतिष्ठा बढाउने हरेक खाले सूचीमा नेपाल पछि पर्ने क्रम निरन्तर छ । विश्वमा भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा होस् या व्यापार तथा व्यवसाय सञ्चालन गर्न उपयुक्त वातावरण भएको देशको सूची– नेपाल सधैँ पछाडि नै रहन्छ ।

पछिल्लो पटक हेन्ली एण्ड पार्टनर्सले बिहीबार सार्वजनिक गरेको विश्वका शक्तिशाली पासपोर्टको सूचीले नेपाल सुधारको बाटोमा नरहेको देखाउँछ ।  विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालको अवस्था दयनीय देखिएको छ । यसले नेपाली पासपोर्टबाहकलाई विश्वले गर्ने व्यवहार राम्रो नभएको देखाएको छ ।

जुन देशको पासपोर्टलाई जति बढी देशले ‘अन–अराइभल’ भिसा दिन्छन् त्यो पासपोर्टलाई शक्तिशाली मानिन्छ । राज्य संयन्त्र हाम्रो पासपोर्ट कमजोर हुनुको कारण खोज्न घोत्लिनुपर्ने देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सन् २०२४ का विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट सातौँ स्थानमा छ । अर्थात् नेपाली पासपोर्ट विश्वका सबैभन्दा कमजोर सात पासपोर्ट भित्र पर्छ । 

नेपाली पासपोर्टले ४० अंक प्राप्त गरेको छ । सूचीको पहिलो नम्बरमा रहेका फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनका पासपोर्टले १९४ अंक पाएका छन् । सूचीको अन्तमा रहेको अफगानिस्तानको पासपोर्टले २८ अंक प्राप्त गरेको छ ।

Global Ime bank

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट ९८औँ स्थानमा रहेको छ । अघिल्लो वर्ष २०२३ मा नेपाली पासपोर्ट यो सूचिको ९९औँ स्थानमा थियो । गत वर्षको तुलनामा एक स्थान सुधार गरेको छ ।  नेपालको भन्दा पनि कमजोर पासपोर्ट हुने देशमा प्यालेस्टिन, सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान छन् । नेपालभन्दा पछाडि रहेका पाकिस्तान बाहेक सबै देश द्वन्द्वग्रस्त हुन् ।
 
सूचीमा १९९ देशलाई समेटिएको छ । विश्वका २२७ देश तथा क्षेत्रको यात्रा गर्दा ती पासपोर्टमा दिइने ‘अनअराइभल भिसा’का आधारमा शक्तिशालीको सूची तयार पारिएको हो ।

शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८ औँ स्थानमा रहेपनि खासमा नेपाल विश्वका १९२ देशपछि रहेको छ । समान अंकका कारण एउटै स्थानमा धेरै देश परेका कारण १९९ देशको सूचीमा नेपाल ९८ औँ स्थानमा रहेको हो । तर सूचीमा नेपालभन्दा अगाडि १९२ देश छन् । 

अघिल्लो वर्ष २०२३ मा नेपाल यो सूचीमा ९९औँ स्थानमा थियो । नेपालभन्दा पछाडि ६ देश रहेका थिए । उक्त वर्ष नेपाली पासपोर्टभन्दा विश्वका अन्य १९२ देशका पासपोर्ट बढी शक्तिशाली रहेको हेन्ली एण्ड पार्टनर्सले देखाएको थियो ।

विदेश भ्रमण गर्दा प्रयोग हुने पासपोर्टले सम्बन्धित देशको अवस्था दर्शाउँछ । विश्वले कुनै पनि देशलाई कति सम्मानले हेर्छ भन्ने कुरा त्यो देशको पासपोर्टमा लाग्ने अनअराइभल भिसाले देखाउँछ । यस्तो सम्मान र प्रतिष्ठा नेपाली पासपोर्टले पछिल्ला वर्षहरुमा गुमाउँदै छ ।

जबसम्म देश समृद्ध बन्दैन, तबसम्म पासपोर्ट पनि शक्तिशाली बन्न सक्दैन । शक्तिशाली पासपोर्ट सूचीको अग्र स्थानमा रहेका देशले यही बताउँछ । देश सम्पन्न भए जनता सम्पन्न हुन्छन् । देशले सम्मान पाए त्यो सम्मान स्वतः जनतामा सर्छ ।

अब पनि राजनीतिक दलहरुले देशको विकास र समृद्धिमा ध्यान नदिए आगामी वर्षहरुमा नेपालको पासपोर्ट झन् झन् कमजोर हुँदै जानेमा कुनै शंका छैन । हाम्रो उखान नै छ ‘जो होचो, उसको मुखमा घोचो’ । हाम्रो पासपोर्ट कमजोर भए अझ बढी हेपिनु पर्नेहुन्छ ।

यसैकारण राष्ट्रको प्रतिष्ठा बढाउन र जनतालाई हेपिनबाट जोगाउन सबैभन्दा पहिलो सरकार र राजनीतिक दलहरुले विकास तथा समृद्धिमा ध्यान दिनुपर्ने देखिन्छ । 

विकास तथा समृद्धिको वाधक भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने हुन्छ । यति गर्न सके देश र जनताको प्रतिष्ठा फर्किने छ । हाम्रो पासपोर्ट पनि विश्वको शक्तिशाली पासपोर्टको सूचीमा अग्रस्थानमा पर्नेछ । 

 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC