site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एबीसीडी नै नचिनेका कारण साउदीमा नेपाली कामदारले कुटाइ खाए : श्रमसचिव 
Dabur Nepal
NIC Asia

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उनले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको समस्याबारे जानकारी गराएका हुन् ।

“एबीसीडी नै नचिनेको कारण साउदी (अरब)मा कामदारले कुटाइ खाए । गोदाममा काम गर्ने नेपाली कामदार हुन्, उनीहरूले एबीसीडी लेखेको काटुन नचिनेका कारण कुटाइ खानुपर्‍यो,” बैठकमा सचिव भण्डारीले भने, “त्यसैले सामान्य अंग्रेजी सिक्न आवश्यक छ ।”

यसअघि, बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा र सीप सिकाएर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन राजदूतहरूले आग्रह गरेको बताएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro