site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी क्षेत्रको लगानीबिना मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन : पर्यटनमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकारबाट सहयोग हुने बताएका छन् । सोमबार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटेल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनै पनि देशको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने उल्लेख गरे । सरकारको मात्रै लगानीले समृद्धि प्राप्त नहुने उनको भनाइ छ । निजी क्षेत्रले केबलकार, एयरलाइन्सलगायत पर्यटनको क्षेत्रमा लगानी नगरेको भए पर्यटकीय क्षेत्रको विकास अहिलेको गतिमा हुन नसक्ने बताए ।

निजी क्षेत्रलाई लगानीमैत्री वातावरणका लागि कानुन निर्माण लगायतका काम सरकारले गर्नेपर्ने उनको भनाइ छ ।सरकारले हालै ल्याएको अध्यादेश र त्यसपछि बनेको ऐनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको उनले बताए ।

"निजी क्षेत्र अगाडि नबढीकन कुनै पनि देशको विकास भएको छैन । कुनै पनि देशलाई अगाडि बढाउने, विकसित गराउने र समृद्धिको बाटो पक्रिने हो भने सरकारको पैसाले मात्रै पुग्दैन । सरकारको पैसाले सम्पूर्ण कुरा हुनै सक्दैन । अझ पर्यटन क्षेत्रको कुरा गर्ने हो भने केबलकार स्थापना गर्नुपर्‍यो भने सरकारबाट सम्भव छैन," उनले भने ।

मन्त्री पाण्डेले निजी क्षेत्रले व्यवसायबाट आर्जित रकमबाट इमान्दारितापूर्वक राज्यलाई कर तिर्नुपर्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro