site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजदूतहरूले भाषा र सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउनुहोस् भन्नुभएको छ : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा र सीप सिकाएर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन आग्रह गरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उनले विभिन्न देशका राजदूतहरूले यस्तो आग्रह गरेको जानकारी दिए ।

“भाषा र सीप कम्तीमा सिकाएर पठाउनुहोस् भन्ने कुरा राजदूतहरूमार्फत आउन थालेको छ,” उनले भने ।

आवश्यक ज्ञान प्रदान गरेर नै श्रमिक विदेश पठाउने भनेर मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।

उनले वैदेशिक रोजगारीमा बिचौलियाको भूमिका अन्त्यका निम्ति आफूहरूले काम गरिरहेको उल्लेख गरे ।

“वैदेशिक रोजगारीमा बिचौलियाको भूमिका अन्त्य गर्न सकिएन भने यहाँका समस्या समाधान गर्न सकिँदैन,” उनले भने ।

कोरम नपुग्दा यसअघि समितिको बैठक १५ मिनेटका निम्ति स्थगित गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro